काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन् ।
शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मधेसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी तथा मधेस केन्द्रित दलहरूबीच नयाँ समीकरण बनेको र अब यस्तै समीकरणको सुरुआत अन्य प्रदेशहरूमा पनि बन्ने विश्वास व्यक्त गरे ।
कम्युनिस्टहरूबीचको एकता प्रकृयालाई जारी राख्ने बताउँदै उनले एमालेमा आबद्ध नेताहरूलाई समेत एकतामा सामेल हुन आह्वान गरे ।