Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँ लक्षित शिक्षामन्त्री पुनको टिप्पणी- हावादारी आश्वासन दिएर जनता नझुक्क्याऊ

दुर्गा प्रसाईँ लक्षित शिक्षामन्त्री पुनको टिप्पणी- हावादारी आश्वासन दिएर जनता नझुक्क्याऊ

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेका ठुला आर्थिक र सामाजिक परिवर्तनका दाबीहरूलाई तथ्यहीन भन्दै कडा आलोचना गरेका छन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत प्रसाईँलाई सम्बोधन गर्दै देशको वास्तविक आर्थिक अवस्था उजागर गर्दै हालको अवस्थामा यी दाबीहरू असम्भव भएको बताएका हुन् ।

दुर्गा भाईले कति साह्रै हावा कुरा गरेको भन्दै मन्त्री पुनले लेखेका छन्- 'शिक्षा मन्त्री भएर पैसाको अभावमा मैले धेरै शिक्षकहरुलाई स्थानिय भत्ता र महंगी भत्ता खुवाउन सकेको छैन। छाना नभएर र कक्षा कोठा नभएर सहयोग माग्न आउने विद्यालयहरुलाई खाली हात फर्काउन परेको छ। शिक्षकको अभाव भएर एक जना भए पनि शिक्षक दिन अनुरोध गर्ने स्कुलहरुलाई शिक्षक पठाउने जगेडा बजेट नै छैन।'

उनले पैसा अभावका शिक्षक पठाउन बजेट समेत नभएको अवस्था रहेको उनले स्पष्ट पारेका छन् ।

मन्त्री पुनले प्रसाईँले गरेका छ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना र प्रहरीको तलब मासिक १ लाख बनाउने, र २० लाखसम्मको ऋण मिनाहा गर्ने जस्ता घोषणालाई असम्भव भन्दै प्रश्न उठाएका छन् । उनले चेतावनी दिए कि यस्तो काम गर्दा बैंकमा रहेका जनताको पैसामा जोखिम आउन सक्छ ।

पुनले प्रसाईँलाई आर्थिक यथार्थ बुझ्न र ‘छापाखानामा किताब छापे जस्तै पैसा छापेर दाबी नगर्न आग्रह गरेका छन् । उनका अनुसार, अव्यवहारिक आश्वासनले जनतालाई झुक्याउन सक्ने भएकाले सतर्क रहन जरुरी छ ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077