काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल बाहिर रहेका नेपाली तथा आफ्नै जिल्लाभन्दा बाहिर बस्ने नागरिकहरूलाई भोट हाल्न सक्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाले चुनावी वातावरणलाई निष्पक्ष र भयरहित बनाउने पहलको माग राखेको हो ।
बैठकमा सहभागी रास्वपा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिंदै भने, 'हामीले निर्वाचन गर्ने कार्यभारको रूपमा सरकारलाई समर्थन गरेका छौं। बाहिर रहेका नेपाली तथा अन्य जिल्लामा बस्ने नागरिकले पनि सुरक्षित र भयरहित वातावरणमा भोट हाल्न सकून् भनेर अनुरोध गरेका छौं।'
खनालका अनुसार, पार्टीले भयरहित, पारदर्शी र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सरकारसँग सहकार्य गर्न जोड दिएको छ ।