Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाधिवेशन प्रतिनिधि छनोट विवाद: च्यासलमा दुई समूहबीच हातपात

महाधिवेशन प्रतिनिधि छनोट विवाद: च्यासलमा दुई समूहबीच हातपात

शुक्रवार , मंसिर १९, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका नेता कार्यकर्ताबीच विवाद सिर्जना भएको छ ।

महाधिवेशन प्रतिनिधि छनोटबारे असन्तुष्टि राख्दै च्यासल पुगेका आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू र च्यासलमै भएको अर्को समूहबीच आज विवाद भएको हो ।

यही मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने एमालेको महाधिवेशनका लागी देशैभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् ।

उक्त प्रतिनिधि छनोटमा लोकतान्त्रिक प्रक्रिया पूरा नगरिएकोमा असन्तुष्टि जनाउँदै आदिवासी महासंघका असन्तुष्ट नेताहरूले संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए ।

सोहि क्रममा एक-अर्को समूहबीच विवाद भएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077