Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले बहालवाला राष्ट्रियसभा र प्रदेश जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

कांग्रेसले बहालवाला राष्ट्रियसभा र प्रदेश जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले अगामी निर्वाचनमा राष्ट्रियसभा, प्रदेशसभा र स्थानीयका जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले मङ्सिर १५ गते ‘प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभा सदस्य पदका उम्मेदवारको नाम सिफारिस गर्ने’ शीर्षकमा परिपत्र जारी गर्दै २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको थियो ।

उक्त परिपत्रलाई थप प्रस्ट्याउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पुनः परिपत्र जारी गर्दै राष्ट्रियसभामा र प्रदेशसभामा बहाल रहेकाहरूलाई उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएका हुन् ।

परिपत्रमा भनिएको छ- 'राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन । ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077