एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको माफीपछि होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेज अमेरिकी जेलबाट रिहा भएका छन् ।
उनी गत वर्षदेखि लागूऔषध ओसारपसार र हतियारको आरोपमा न्यूयोर्कको संघीय जेलमा सजाय भोगिरहेका थिए ।
ट्रम्पको माफीले उनलाई रिहा गरेको हो ।
होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजलाई अमेरिकी अदालतले दोषी ठहराएर ४५ वर्षको जेल सजाय सुनाएको थियो। उनलाई ८ मिलियन डलर जरिवाना पनि लगाइएको थियो।