Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनको उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

एमाले महाधिवेशनको उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् ।

छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसअघि एमालेले चीन, भारत, भियतनामलगायत मैत्री तथा भाइचारा सम्बन्ध भएका करिब ५० राजनीतिक दललाई महाधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा बोलाउने गरेको थियो ।

एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ ।

उद्घाटन भक्तपुरको सल्लाघारीमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा गरिनेछ ।

यसपटक अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुने तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077