Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी कार्यालयमा आगजनी गरेको अरोपमा माओवादीका नेता पक्राउ

सरकारी कार्यालयमा आगजनी गरेको अरोपमा माओवादीका नेता पक्राउ

आइतवार , मंसिर १४, २०८२

विराटनगर । जेनजी आन्दोलनमा जिल्ला प्रशासन कार्यालय मोरङ र अन्य सरकारी कार्यालयमा आगजनी गर्न नेतृत्व गरेका माओवादी नेता तालिम अन्सारी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो ।

अन्सारी विघटित प्रतिनिधिसभामा माओवादी केन्द्रका सांसद अमनलाल मोदीका स्वकीय सचिव थिए ।

जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालयका सामान बाहिर निकालेर आगो लगाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ५ जना र रंगेलीबाट ३ जनासहित आजै ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077