काठमाडौं । नेपाली कांग्रेसले लामो समयदेखि अल्झिएको १५औँ महाधिवेशनको मिति लगभग टुंगो लगाएको छ ।
असोज २८ यता विवादमा अड्किएको महाधिवेशन प्रक्रियामा सभापति शेरबहादुर देउवाको निर्देशनपछि नयाँ सहमतिको मार्ग खुलेको हो । अब महाधिवेशन आगामी पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति बनेको छ ।
आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग लामो छलफल गर्दै महाधिवेशन कार्यतालिकाको प्रस्ताव तयार पारे ।
यो प्रस्ताव सोमबार बस्ने केन्द्रीय समिति बैठकमा खड्काले नै निर्णयार्थ पेश गर्ने स्रोतले जनाएको छ ।