Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

असई रागनी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित, आईजीपी कार्कीले गरे नगदसहित सम्मान

असई रागनी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित, आईजीपी कार्कीले गरे नगदसहित सम्मान

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक रागनी कुमारी यादव नेपालभरीकै ‘सर्वोत्कृष्ट प्रहरी’ सम्मानबाट सम्मानित भएकी छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले यादवलाई ४० हजार रुपैयाँ नगद र प्रशंसापत्रसहित ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नेतृत्व गरिरहेको यादवले विभागीय नीति–निर्देशनको आदर्श पालनासहित लैंगिक हिंसा न्यूनीकरण र उत्तरदायी प्रहरी सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले उनी उत्कृष्ट घोषित भइन् ।

द्वितीय स्थानमा प्रहरी चौकी बालकोट, अर्घाखाँचीमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत शान्ता खत्री परेकी छन् । उनले ३० हजार रुपैयाँ नगद र सम्मानपत्र प्राप्त गरिन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी प्रहरी हवल्दार उमा तामाङ तृतीय घोषित हुँदै २० हजार नगद र प्रशंसापत्रबाट सम्मानित भइन् ।

कार्यक्रममा प्रहरी नायब निरीक्षक पूर्णिमा थापा र प्रहरी सहायक निरीक्षक साजना प्रसाईलाई १०–१० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077