काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको छ।
आज काठमाडौंको राष्ट्रिय सभा गृहमा कार्यक्रम गरी दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको हो।
रवि लामिछाने सभापति रहेको रास्वपा र समीक्षा बास्कोटा अध्यक्ष रहेको विवेकशील साझाबीच एकता गर्ने केही दिनअघि सहमति भएको थियो।
विवेकशील साझाले केन्द्रीय समिति बैठकबाटै पार्टी एकता प्रस्ताव अनुमोदन गरेको थियो। त्यसअघि दुवै पार्टीले कार्यदल नै बनाएर एकता प्रक्रियाका लागि छलफल गरेका थिए।
विवेकशीलले रास्वपाको नाम, नेतृत्व र चुनाव चिह्न स्वीकार गरी निःसर्त एकतामा जाने निर्णय गरेको थियो।
असल शासन र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच एकीकरण भएको रास्वपा प्रवक्ता मनीष झाले बताए।