Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको ११औँ महाधिवेशनका लागि लोगो सार्वजनिक

एमालेको ११औँ महाधिवेशनका लागि लोगो सार्वजनिक

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको लोगोमा धरहरा, राष्ट्रिय झण्डा तथा पार्टीको पहिचान सूर्य चिह्न समावेश गरिएको छ । लोगोको मुख्य भाव देशको इतिहास, राष्ट्रिय पहिचान र दलको आदर्शलाई प्रतिनिधित्व गर्ने उद्देश्य रहेको बताइएको छ ।

एमालेको ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म हुँदैछ ।

महाधिवेशनको सुरुवात भक्तपुरको सल्लाघारीमा हुनेछ । जसका लागी अहिले देशभरबाट प्रतिनिधि छनोटको काम भइरहेको छ ।

महाधिवेशन तयारी तीव्र गतिमा अघि बढिरहेको पार्टीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077