Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

देउवाले बोलाए पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग आज छलफल गर्ने भएका छन् ।

उपसभापति पूर्णबहादुर खड्काले पहल गरे पनि सहमति नपाएपछि देउवाले आफैँ बैठक आह्वान गरेका हुन् ।

बैठक दिउँसो १ बजे महाराजगन्जस्थित देउवाले निवासमा बस्नेछ ।

बैठकमा महाधिवेशनको मिति र अन्य विषयमा छलफल गर्नेछन् ।

बैठकमा नेता डा।शेखर कोइराला र निवर्तमान गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनेछन् ।

देउवाको प्रत्यक्ष पहलपछि महाधिवेशनको मितिबारे टुंगो लाग्ने अपेक्षा गरिएको छ । यसअघि सहमति नबन्दा कांग्रेसका बैठकहरू पटक पटक स्थगित हुँदै आएका थिए ।

काँग्रेसको १४औँ महाधिवेशनका झण्डै ५४ प्रतिशत प्रतिनिधिले २९ असोजमा कार्यवाहक सभापति पुर्ण खड्कालाई विशेष महाधिवेशनको लिखित माग बुझाएका थिए।

हस्ताक्षर बुझाएको ९० दिनभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।

विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077