Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको महाधिवेशनका लागि अछाम-१ बाट डीबी साउँदसहित ७ जना सर्वसम्मत

एमालेको महाधिवेशनका लागि अछाम-१ बाट डीबी साउँदसहित ७ जना सर्वसम्मत

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्र अछाम-१ बाट युवा कलस्टरमा डीबी साउँदसहित ७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

शनिबार युवा नेता साउँदसहित ७ जना प्रतिनिधि सर्वसम्मत चयन गरिएको हो । युवा नेता साउँद विद्यार्थी राजनीतिबाट उदाएका व्यक्ति हुन् । उनले अनेरास्ववियुका विभिन्न पदमा बसेर जिम्मेवारी सम्हालिसकेका छन् ।

उनी अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । अनेरास्ववियु अछाम जिल्ला समिति सचिव हुँदै उनी संगठनको केन्द्रीय तहसम्म पुगेका थिए । हाल उनी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य छन् ।

अब उनी एमाले केन्द्रीय कमिटीमा बाजी मार्ने सोचमा छन् । यस्तै निर्वाचन क्षेत्र अछाम-१ बाट खुल्लामा मिन बहादुर कुँवर, राम बहादुर बुढा र केशर साउद चयन भएका छन् ।

यसैगरी बिंदु कुँवर (रावल) (महिला), अनिता खड्का (महिला) र मोती विक महेन्द्र (दलित) महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।

यस्तै निर्वाचन क्षेत्र अछाम-२ बाट खुलामा चन्द बोहरा, बम बहादुर बिसी, बल बहादुर कुवँर, भीम रावल कालो (टोपी) प्रतिनिधि छनोट भएका छन् ।

यस्तै सरिता उपाध्याय (महिला), निर्मला धमाला न्यौपाने (महिला), टोप बहादुर शाही (युवा) र अम्मर विक (दलित) बाट प्रतिनिधि छानिएका छन् ।

काठमाडौंमा मंसिर २७ देखि २९ सम्म आयोजना हुने महाधिवेशनमा देशभरिबाट करिब २२ प्रतिनिधि हुनेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077