एजेन्सी । रुसका दुई तेल ट्याङ्करहरू 'ब्ल्याक सी' हुँदै यात्रा गरिरहेको बेला युक्रेनी नौसैनिक ड्रोनहरूले हमला गरेका छन् ।
दुवै ट्याङ्करमाथि शुक्रबार टर्कीको तट नजिक हमला भएको र विराटमाथि शनिबार फेरि हमला भएको हो ।
बीबीसीद्वारा प्रमाणित फुटेजमा पानीमा चल्ने ड्रोनहरू छाल पार गर्दै ती जहाजतर्फ तीव्र गतिमा जाँदै गरेको देखिन्छ ।
र, त्यसपछि आगोको ज्वालासहित विस्फोट भएको देखिन्छ, जसबाट कालो धुवाँ आकाशमा फैलिएको छ ।
टर्कीका अधिकारीहरूले लक्षित ट्याङ्करहरूको नाम 'काइरोस' र 'विराट' रहेको बताएका छन् । दुवै गाम्बियाको झण्डावाला जहाज हुन् ।