Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनद्वारा रुसमाथि ड्रोन आक्रमण, चार जनाको मृत्यु

युक्रेनद्वारा रुसमाथि ड्रोन आक्रमण, चार जनाको मृत्यु

आइतवार , जेठ ३, २०८३

एजेन्सी । युक्रेनले रुसमाथि ड्रोन आक्रमण गरेको छ । रुस र युक्रेनबीच जारी युद्धबीच आइतबार ड्रोन आक्रमण हुँदा मस्को आसपासका क्षेत्रमा कम्तीमा चार जनाको मृत्यु भएको हो ।

घटनामा २१ जना मानिसहरू घाइते भएको बताइएको छ । युद्ध सुरु भएयता रुसमाथि गरिएका सबैभन्दा ठूला ड्रोन आक्रमणहरूमध्ये यसलाई एक मानिएको छ ।

रुसी अधिकारीहरूका अनुसार, मस्कोको उत्तर–पश्चिममा अवस्थित खिमकी सहरमा एउटा ड्रोन आवासीय भवनमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ ।

त्यस्तै, राजधानी मस्कोबाट करिब १० किलोमिटर टाढा रहेको पोगोरेल्की गाउँमा दुईजनाले ज्यान गुमाएका छन् ।

रुसको रक्षा मन्त्रालयले आफ्नो एअर डिफेन्स प्रणालीले रातभरिमा ५५६ वटा ड्रोन नष्ट गरेको दाबी गरेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी ड्रोनलाई प्रहार गरिएको वा निष्क्रिय पारिएको दाबी पनि गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077