Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सेनामा भर्ती भएका भाटको मृत्यु, डिएनए परीक्षणबाट पहिचान खुल्यो

रुसी सेनामा भर्ती भएका भाटको मृत्यु, डिएनए परीक्षणबाट पहिचान खुल्यो

शनिवार , पौष १९, २०८२

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको रुस–युक्रेन युद्धमा मृत्यु भएको पुष्टि भएको छ ।

करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन थिए । ‘डिएनए’ परीक्षणबाट मृत्युको जानकारी प्राप्त भएको मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले जानकारी दिए ।

भाटको कहिले मृत्यु भएको हो भन्ने निश्चित विवरण प्राप्त नभए पनि हालै मृत्युको खबर परिवारलाई पुर्‍याइएको बताइएको छ।

भाटसँगै रुसी सेनामा भर्ना भएका मेलौली नगरपालिका–९ असुरका अर्जुनदत्त भट्टको पनि गत वैशाखमा मृत्यु भइसकेको थियो। सोही समयदेखि भाटको खोजी भइरहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077