दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै व्यंग्य गरेका छन् ।
लुम्बिनी प्रदेशस्तरीय एकता सन्देशसभामा सम्बोधन गर्दै उनले भदौ २४ गतेको जेनजी आन्दोलनका बेला तत्कालीन प्रधानमन्त्री ओली बालुवाटारबाट हेलिकप्टर चढेर बाहिरिनुपरेको प्रसंग जोड्दै 'चुनाव जितेर मात्रै केही नापिँदैन रहेछ, हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्थासमेत आउँदो रहेछ,' भन्दै व्यंग्य गरेका हुन् ।
प्रचण्डले संसद्मै ओलीलाई अहंकार नदेखाउन चेतावनी दिएको स्मरण गर्दै अहिले पनि ओलीको अहंकार नघटेको आरोप लगाए।
'आज पनि उहाँले सबै प्रचण्डले गरायो भनेर आरोप लगाइरहनुभएको छ, तर अहंकार त्याग्ने संकेत देखिँदैन,' उनले भने ।
प्रचण्डले लामो छलफलपछि १५ वटै दलबीच भएको एकतालाई जनताले उत्साहपूर्वक स्वागत गरेको दाबी गरे । देश बनाउने क्षमता त्यही संघर्ष र बलिदानबाट आएको उनले बताए।