Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले धनकुटाको प्रतिनिधि चयनमा विवाद, असन्तुष्ट समूहले गर्यो निर्वाचन बहिस्कार

एमाले धनकुटाको प्रतिनिधि चयनमा विवाद, असन्तुष्ट समूहले गर्यो निर्वाचन बहिस्कार

शनिवार , मंसिर १३, २०८२

विराटनगर । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरिएको आरोप लगाउँदै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेका छन् ।

बहिस्कार गर्नु अघि असन्तुष्ट समूहले केही निर्वाचन बुथमा तोडफोड समेत गरेको थियो। सर्वसम्मत सहमति नजुटेको ठाउँमा आज निर्वाचन हुँदै आएको भए पनि धनकुटामा प्रक्रिया विवादपूर्ण बनेको हो।

धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली पक्ष गरी दुई समूह सक्रिय छन् । इन्द्रमणी समूहले मतदातालाई जानकारी नै नदिई एकलौटी रूपमा निर्वाचन गरिएको आरोप लगाएको छ। राई पक्षले आफूहरूलाई थाहा नदिई एकलौटी रूपमा आफू निकटका निर्वाचन अधिकृत तोकेको पराजुली पक्षको आरोप छ ।

एमालेले सर्वसम्मत हुन नसकेका स्थानमा आज निर्वाचन गर्ने निर्णय गरेअनुसार धनकुटामा मतदान प्रक्रिया सुरु भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077