Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आइतबार

रास्वपा र विवेकशील साझाबीच एकता घोषणा आइतबार

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुने भएको छ।

दुई पार्टीबीच मंसिर १४ गते आइतबार राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना गर्ने निर्णय भएको हो ।

रास्वपाबाट सुमना श्रेष्ठ, सन्तोष परियार लगायत बाहिरिएको केही समयपछि नै विवेकशील साझा पार्टीका नेताहरु भित्रिने भएका छन् । विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, रञ्जु दर्शना लगायतका नेताहरु रास्वपा भित्रिन लागेका हुन् ।

रास्वपा केन्द्रीय समितिको विशेष बैठकले विवेकशील साझासँगको एकता गर्ने निर्णय अनुमोदन गर्दै असल शासन, सुशासन र समुन्नति प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न परिवर्तनकारी तथा सुसंस्कृत राजनीतिक शक्तिहरूसँग संवाद र सहकार्यलाई थप सुदृढ गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077