Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विवेकशील साझा पार्टीसँग एकता गर्ने रास्वपाको निर्णय, आइतबार ‘एकता घोषणासभा’ !

विवेकशील साझा पार्टीसँग एकता गर्ने रास्वपाको निर्णय, आइतबार ‘एकता घोषणासभा’ !

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विवेकशील साझा पार्टीसँग हुने एकीकरण प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको छ ।

गएराति बसेको केन्द्रीय समितिको विशेष भर्चुअल बैठकले विवेकशील साझा पार्टीद्वारा आएको एकीकरणको सर्वसम्मत प्रस्तावलाई सहर्ष स्वागत गरेको हो । आइतबार राष्ट्रिय सभागृहमा ‘एकता घोषणासभा’ आयोजना गरिने बताइएको छ ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार असल शासन र समुन्नतिसँग सरोकार राख्ने सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरुसँग मुद्दागत र सांगठनिक सहकार्यका फरक–फरक मोडेल अपनाउने पार्टीको नीति अझ सुदृढ बनाइनेछ ।

यसै क्रममा, मङ्सिर ३ गते केन्द्रीय समितिबाट दिइएको निर्देशनअनुसार पार्टी सचिवालयले गठन गरेको सङ्घीय नेतृत्व मञ्चलाई समेत बैठकले औपचारिक रूपमा अनुमोदन गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077