Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै एमाले

महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै एमाले

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट चयन हुँदैछ ।

मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो ।

कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन्।

एमालेका नेताहरुका अनुसार आज पनि बिहानसम्म सर्वसम्मतको प्रयास गर्ने र सहमति नभएका स्थानमा निर्वाचन गराउने तयारी छ।

प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैंयाभन्दा बढी नलिन निर्देशन दिइएको छ । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077