Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा ७ पदाधिकारी, सर्वसम्मतीको पहल गर्ने निष्कर्ष

एमाले अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने पक्षमा ७ पदाधिकारी, सर्वसम्मतीको पहल गर्ने निष्कर्ष

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं। नेकपा एमालेका ७ जना पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन् ।

आज भएको अनौपचारिक छलफलबाट वर्तमान नेतृत्वको निरन्तरतामा उभिने निष्कर्ष निकालेका हुन् ।

एमाले महाधिवेशनमा अध्यक्षका पदका लागि ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने अवस्था देखिएपछि १९ सदस्यीय पदाधिकारी (सचिवालय) कमिटी रहेका १८ जनामध्ये ७ जनाले ओलीलाई अध्यक्षमा निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेका हुन् ।

जसमा उपाध्यक्षहरू रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल रहेका छन् ।

मुलुकमा विद्यमान संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेका छन् ।

नेतृत्व निर्माणका लागि सर्वसम्मतीको पहल गर्ने समेत बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077