काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेल आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा हुने कार्यक्रममा उनी रास्वपामा प्रवेश गर्न लागेका हुन् ।
रास्वपाले उनलाई अनुशासन आयोगमा जिम्मेवारी दिने भएको छ ।
नेपाल प्रहरीको आइजीपीका निर्विकल्प दाबेदार भएका बेला तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्यायपूर्वक उनलाई रोकेर १७ महिना जुनियर धिरज प्रताप सिंहलाई आइजीपी बनाएको थियो ।