काठमाडौं । नेपाल प्रहरीको ३३ औं आईजीपीमा दानबहादुर कार्कीले बाजी मारेसँगै अबको साढे दुई वर्षका लागि नेतृत्वको चलखेल रोकिएको छ । अब उनका प्रतिस्पर्धीहरु एआईजीबाटै अवकाशमा जानेछन् ।
कार्कीका ब्याचीहरू २०८४ को चैत १७ मा त राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरु त अबको एक वर्षपनि नै अवकाशमा जाने छन्।
सो ब्याचबाट शिद्धिबिक्रम शाहलाई आईजीपीका दाबेदारमध्ये एक मानिएको थियो । शेरबहादुर देउवा सत्तामै रहेको अवस्थामा उनी शक्तिशाली उम्मेदवार थिए। तर, उनी अब कमजोर बनेका छन् ।
२०८३ को पुस ५ मा ३० वर्षे सेवाहदका कारण उनले अवकाश पाउनेछन् । उनीसहित एआईजीहरु उमाप्रसाद चतुर्वेदी, सुशीलसिंह राठौर, हिमालय श्रेष्ठ, डम्बर विक तथा डिआइजी ओम राना, माधवप्रसाद श्रेष्ठ, सुरेन्द्र गुरुङ, दिलिपसिंह देउवालगायतले एकै दिन अवकाश पाउनेछन् ।
त्यस्तै, गुप्तचर टोलीका डीआईजीजीहरू बिनोद घिमिरे, जयराज सापकोटा, दिपक बस्नेतले भने २०८४ को माघ २७ गते ३० वर्षे सेवाहदले अवकाश पाउनेछन् ।
त्यसपछि पनि २०५५ सालको जेठमा भर्ना भएका दुई अधिकृत बाँकी रहेनछन् । जसमा डीआईजी दिपेन्द्र जिसी र एसएसपी शारदा चौधरी छन्। उनीहरु २०५५ को जेठ ७ गते भर्ना भएका हुन्।
जसअनुसार २०८५ को जेठ ७ गतेसम्म जागिरमा रहन्छन्। जिसी गत जेठमै डीआईजी भइसकेका छन् तर चौधरी भने पटक पटक छुट्दै आएका छन् ।
हालका आईजीपी दानबहादुर कार्की र उनको ब्याचले २०८४ को चैत १७ गते अवकाश पाउनेछ । त्यसपछिको नयाँ आईजीपीमा अहिलेको वरियताअनुसार बढुवा भएमा करिब ५० दिन जिसी आईजीपी हुने सम्भावना देखिएको छ।
त्यसका लागि उनलाई ११२ टोलीको चुनौती भने रहनेछ। आगामी वर्ष पुसमा एआईजी पद रिक्त भएपछि पहिलो ११२ को टोलीलाई रोकेर बढुवा हुन सकेमा जिसी आईजीपी हुने सम्भावना छ ।
उनीपछि ११२ को टोलीबाट हालै डीआईजी भएका भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले र विश्व अधिकारीमध्येबाट आईजीपी हुनेछन् ।