Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक एक दिन पर सारिएको छ । बिहीबार दिउँसो बोलाइएको बैठक शुक्रबारसम्म सारिएको हो ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा शुक्रबार दिउँसो २ बजेसम्म बैठक सारिएको उल्लेख छ ।

“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर ११ गते बिहीबार दिनको २ः०० बस्ने भनिएको बैठक २०८२ मंसिर १२ गते शुक्रबार दिनको २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी,पी. नगर, ललितपुरमा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,' उनले भनेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077