काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन सचिवालयको बैठक बसिरहेको छ ।
१३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसिरहेको हो ।
बैठक बिहान ८ बजेदेखि च्यासलमा जारी छ ।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्मका लागि तय गरिएको छ ।