Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस विषेश महाधिवेशन पक्षधरहरूको आज दिउँसो भृकुटीमण्डपमा भेला

कांग्रेस विषेश महाधिवेशन पक्षधरहरूको आज दिउँसो भृकुटीमण्डपमा भेला

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको समयमा आज काठमाडौंमा विशेष महाधिवेशन पक्षधर नेताहरू भेला हुँदैछन् । दिउँसो १ बजेपछि राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा विशेष भेला आयोजना गरिएको हो ।

विशेष महाधिवेशन माग्दै आएका नेताहरूले पार्टीभित्र देखिएको अनिर्णय, सुधारको आवश्यकता र जेनजी आन्दोलनपछि उत्पन्न जनदबाबलाई मुख्य कारण बताउँदै चुनावअघि नै पार्टीलाई पुनर्गठित र सुदृढ बनाउनुपर्ने आवश्यकता दोहोर्याउँदै आएका छन्।

भेला काठमाडौं बाहिरका जिल्लाबाट समेत सयौँ नेता तथा कार्यकर्ताको सहभागितासहित हुँदैछ । भेला विशेष महाधिवेशनको मागलाई थप संस्थागत दबाबको रूपमा अघि बढाउने उद्देश्य रहेको छ ।

विशेष महाधिवेशन माग गर्दै असोज २८ गते नै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकिएको छ । गगन थापा, विश्वप्रकाश शर्मा लगायत संस्थापनइतर नेताहरू चुनावअघि नै महाधिवेशन हुनुपर्ने पक्षमा उभिएका छन्।

तर संस्थापनपक्ष भने २१ फागुनको निर्वाचनअघि महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077