Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, हेडक्वार्टरले जारी गर्‍यो सूचना

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, हेडक्वार्टरले जारी गर्‍यो सूचना

बुधवार , मंसिर १०, २०८२

काठमाडौँ । नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो ।

भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा हाजिर नभए पछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो।

आफूखुशी गैरहाजिर हुनेहरूमा एक जना प्रहरी सहायक निरीक्षक, दुई जना हवलदार, तीन जना सहायक हवलदार, २० जना प्रहरी जवान र १ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।

उनीहरुको खोजतलास गराउँदा तथा सूचना टाँस भइसक्दा पनि कार्यालयको सम्पर्कमा नआएको हेडक्वार्टरले जनाएको छ।

सम्पर्कविहीन रहेका ती प्रहरीहरूलाई स्पष्टीकरणसहित बाटोको म्याद बाहेक सात दिनभित्र उपस्थित हुन भनिएको छ। यदि सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत कार्यालयले दिएको छ ।

police-samparka-1764121062.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077