Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा अनुशासनको प्रश्न : सरुवाप्रति डीआईजीले फेसबुकमै पोखे असन्तुष्टि

प्रहरीमा अनुशासनको प्रश्न : सरुवाप्रति डीआईजीले फेसबुकमै पोखे असन्तुष्टि

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । सोमबार भएको तीन डीआइजीको सरुवाप्रति एक डीआईजीले फेसबुकबाटै आलोचना गरेका छन्। डीआईजी जयराज सापकोटाले फौजी संगठनको अनुशासनविपरीत टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘हम कभी नही सुध्रेङगे, नेपाल पुलिस डीआईजीपी पोष्टिङ ।’ सोमबारको सरुवामा डीआईजी बिनोद घिमिरेलाई कोशी प्रदेशमा सरुवा गरिएको छ । सापकोटा पनि कोशी प्रदेश जान चाहेका थिए ।

उनी मोरङका स्थानीय हुन् । प्रदेश जान नपाएकोमा उनले फेसबुकमै असन्तुष्टि पोखेको बताइन्छ । उनी कार्य विभागमा कार्यरत छन् ।

सापकोटा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थानान्तरण भएका अधिकृत हुन् । गत जेठमा उनी बढुवा भएका हुन् । यसरी सरुवाप्रति फेसबुकमै लेखेको विषयमा प्रहरी अनुशासनअनुसार उनीमाथि कारबाही हुनसक्ने अवस्था छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077