Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीमा डीआईजीका दुई प्राविधिक दरबन्दी प्रशासनतर्फ ल्याउने निर्णय

प्रहरीमा डीआईजीका दुई प्राविधिक दरबन्दी प्रशासनतर्फ ल्याउने निर्णय

सोमवार , मंसिर ८, २०८२

काठमाडौं । नेपाल प्रहरीका प्राविधिकतर्फका दुई दरबन्दी प्रशासनतर्फ ल्याउने निर्णय भएको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले यसका लागि सहमति दिएको छ।

प्रहरी अस्पताल र प्रहरी केनाईन कार्यालयमा रहेको डिआइजी पद प्रशासनतर्फ ल्याउने निर्णय भएको हो । प्रहरी अस्पतालको थेरापिष्टतर्फ डिआइजीको दरबन्दी रहेकोमा त्यसमा बढुवा हुने उम्मेदवार छैनन्।

त्यस्तै, केनाइनमा पनि हाल एसपीमात्र भएकाले तत्काल बढुवा हुने अवस्था नभएपछि दरबन्दी स्थानान्तरण गरिएको गृह मन्त्रालय स्रोत बताउँछ।

ती प्राविधिक पदमा बढुवाका लागि उम्मेदवार नभएपछि प्रशासनतर्फ ल्याउने निर्णय भएको हो। यससँगै प्रशासनतर्फको बढुवाका लागि बाटो खुलेको छ।

यसँगै प्रशासनतर्फ रिक्त हुने डीआइजी पदमा एसएसपीहरु शारदा चौधरी, सोमेन्द्रसिंह राठौर, गोपालचन्द्र भट्टराई, दीपशमशेर जबरा, प्रबीण पोखरेल, मुकुन्द मरासिनी लगायतमध्येबाट बढुवा हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077