काठमाडौं । नेपाल प्रहरीका तीनजना डीआईजीहरुको सरुवा भएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।
सरुवा सूची अनुसार डीआईजी बिनोद घिमिरेको कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ ।
यस्तै प्रदेश समन्वय विभागमा दिलिप सिंह देउवा र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दीपककुमार बस्नेतलाई सरुवा गरिएको छ।