मुस्ताङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुस्ताङमा पनि जिल्ला संगठन समिति विस्तार गरेको छ ।
रास्वपा गठन भएको ४० महिनापछि सुदेश गुरुङको नेतृत्वमा संगठन समिति गठन विस्तार गरिएको हो ।
संगठनको उपसभापतिमा विष्णु थकाली, सचिवमा जीवन हिराचन, सहसचिवमा पासाङ डोल्मा गुरुङ, कोषाध्यक्षमा शंकर गुरुङ चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा खुम्सुङ आङ्गी गुरुङ, तेम्बा गुरुङ, वाङ्सु शेर्पा, सचिना नेपाली र हरि प्रसाद थकाली छन् ।
जिल्ला भेलाले जिल्लाको संगठन विभागको संयोजक सन्तोष गुरुङ र उपसंयोजक प्रेम पौडेललाई तोकेको छ ।
आइतबार भएको पहिलो जिल्ला भेलाका लागि केन्द्रबाट कार्यवाहक सभापति डीपी अर्यालसहित नेताहरू शंकर श्रेष्ठ र साजन शर्मा मनाङ पुगेका थिए । अब रास्वपाको कमिटी गठन हुन बाँकी जिल्ला मनाङ र डोल्पा मात्रै रहेका छन् ।
साथै, र्यापिड एक्सन टीम (आरएटी) को नेतृत्व पनि चयन गरिएको छ । र्यापिड एक्सन टीमको संयोजक महेन्द्र गुरुङ र उपसंयोजकमा आशिक गुरुङ रहेकी छिन् ।