Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी - शान्ति प्रस्ताव नमाने अमेरिकी समर्थन गुम्छ

जेलेन्स्कीलाई ट्रम्पको चेतावनी - शान्ति प्रस्ताव नमाने अमेरिकी समर्थन गुम्छ

आइतवार , मंसिर ७, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि युक्रेनमाथि दबाब बढाएका छन् ।

उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई वासिङ्टनले तयार पारेको २८ बुँदे शान्ति प्रस्ताव २७ नोभेम्बरभित्र स्वीकार गर्न अल्टिमेटम दिएका हुन् ।

ट्रम्पले आउँदो जाडोमा युद्ध अझै भयावह बन्ने चेतावनी दिँदै रक्तपात रोक्न तत्काल निर्णय आवश्यक भनेका छन् । प्रस्ताव नमानिए युक्रेनले अमेरिकाको समर्थन नै गुमाउन सक्ने संकेत उनले खुलेर दिएका छन्।

ट्रम्पले अमेरिकी शान्ति योजना केही अंशमा रुसलाई अनुकूल देखिए पनि, अहिलेको अवस्थाले जेलेन्स्कीलाई विकल्पविहीन बनाइदिएको दाबी गरे ।

उनका अनुसार युक्रेनले पहिले नै ठूलो भूभाग गुमाइरहेकाले शान्ति सम्झौता नगरे भविष्यमा अझ धेरै क्षेत्र गुमाउनुपर्ने जोखिम छ।

यता, राष्ट्रपति जेलेन्स्कीले शान्ति संयन्त्रबारे अमेरिका र युरोपका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग समन्वय गर्दै अघि बढ्न आफूहरू तयार रहेको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077