Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

 एमाले निकट 'नेशनल भोलेन्टियर फोर्स' को शक्ति प्रदर्शन, बानेश्वरतर्फ अघि बढे

 एमाले निकट 'नेशनल भोलेन्टियर फोर्स' को शक्ति प्रदर्शन, बानेश्वरतर्फ अघि बढे

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार मध्यान्ह काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।

सामाखुशी र जावलाखेलबाट याली सुरु गरिएको फोर्सले बबरमहल, माईतीघर हुँदै नयाँबानेश्वरसम्म मार्च पास गर्दै प्रदर्शन सम्पन्न गर्ने तयारी रहेको छ ।

उनीहरू माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि त्यहाँ जेनजी घाइतेहरू अवरोध पुर्‍याउने योजनासहित धर्नामा बसेपछि बबरमहलमा भेला भइ युवाहरू बानेश्वरतर्फ अघि बढेका छन् ।

आज नै काठमाडौंस्थित बबरमहलको कार्की व्यांक्वेटमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिने कार्यक्रम रहेको छ, जसमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति रहनेछ।

दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077