Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले 'भोलेन्टियर फोर्स' घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा घाइते जेनजीको विरोध प्रदर्शन

एमाले 'भोलेन्टियर फोर्स' घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा घाइते जेनजीको विरोध प्रदर्शन

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेले 'नेसनल भोलेन्टियर फोर्स' (एनभीएफ) घोषणा गर्न माइतीघरमा भेला हुन लाग्दा जेनजीका घाइतेहरूले त्यहाँ उपस्थित हुन नदिने चेतावनी दिदै विरोध प्रदर्शन गरेका छन्।

उनीहरूले आफूहरू न्यायका लागि लुडिरहेको भन्दै माइतीघरमै केहीबेर अघिबाट बिरोध प्रदर्शन सुरु गरेका हुन्।

एमाले युवाहरू माइतीघरमा भेला भई बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की व्यांक्वेटमा एनभीएफ घोषणागर्ने कार्यक्रम रहेको छ।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ।

एमालेले पार्टीभित्रका नीति तथा नेतृत्वको सुरक्षा, जनसुरक्षा र विपद्व्य-वस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित नेशनल भोलेन्टियर फोर्स बनाउन लागेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077