Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘नेशनल भोलेन्टियर फोर्स’ आज घोषणा गर्दै एमाले, माइतीघरदेखि बानेश्वरसम्म मार्चपास

‘नेशनल भोलेन्टियर फोर्स’ आज घोषणा गर्दै एमाले, माइतीघरदेखि बानेश्वरसम्म मार्चपास

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र नीति तथा नेतृत्वको सुरक्षा, जनसुरक्षा र विपद्–व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यसहित आज ‘नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)’ औपचारिक रूपमा घोषणा गर्ने भएको छ ।

माइतीघर मण्डलामा भेलाभएका युवाहरूले बानेश्वरसम्म मार्चपास गर्नेछन् । सोही कार्यक्रमका क्रममा एनभिएफको औपचारिक घोषणा गर्ने व्यवस्था मिलाइएको हो ।

आज बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले एनभिएफको घोषणा गर्नेछन् । एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलको संयोजन पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका थिए । कार्यदलले विधान, लोगो, झण्डा, संगठन संरचना, उद्देश्य तथा भविष्यका कार्यक्रमसमेत तयार पारेर फोर्स निर्माण गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077