काठमाडौं । नेकपा एमालेले पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने भएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेमा रहँदा केन्द्रीय समितिमा रहेकाहरूलाई प्रतिनिधि बनाइनेछ ।
हालै एमालेले घर फर्कि अभियानमार्फत रामकुमारी झाँक्री र किसान श्रेष्ठलाई पार्टी प्रवेश गराएको थियो।