Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगले लियो मुख्यसचिव अर्यालको बयान

जाँचबुझ आयोगले लियो मुख्यसचिव अर्यालको बयान

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । भदौ २३ र २४ का दिन जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे गठित जाँचबुझ आयोगले मुख्यसचिव एकनारायण अर्यालको बयान लिएको छ ।

बिहीबार आयोगको कार्यालयमा बोलाएर मुख्यसचिव अर्यालको बयान लिइएको हो । बयान दिएलगत्तै मुख्यसचिव अर्याल राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी हुन सिंहदरबारतर्फ प्रस्थान गरेका थिए ।

उनी केही दिनमै अवकास हुन लागेका छन् । उनी १५ महिनादेखि सो पदमा कार्यरत छन् । आयोगले हालसम्म करिब ३० जना प्रहरी कर्मचारी र अधिकारीसँग बयान लिइसकेको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धानका निवर्तमान प्रमुख हुतराज थापा, र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि आयोगले आवश्यक परेको बेला बयानका लागि बोलाउने तयारी गरेको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा कार्यरत जाँचबुझ आयोगलाई छानबिन सकाएर प्रतिवेदन बुझाउन ३ महिनाको समय तोकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077