Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

च्यासलमा एमाले सचिवालय बैठक

च्यासलमा एमाले सचिवालय बैठक

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो । बैठकमा जनप्रदर्शन र ११ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुनेछ ।

यसैगरी बैठकमा महाधिवेशन आयोजनाका लागि उपसमिति निर्माण, आमनिर्वाचन, मधेशको राजनीतिक घटनाक्रम, मंगलबार बारामा भएको घटनाको समेतमा छलफल हुने बताइएको छ।

एमालेले आगामी मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनका लागि १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट गर्दैछ।

यसैबीच प्रतिनिधि सभा पुनर्स्थापनाको मुद्दा लिएर एमालेले कानुनी र राजनीतिक (सडक संघर्ष) गर्ने तयारीमा छ ।

मंगलबार बसेको विघटित संसदीय दल बैठकले अदालत जाने विषयमा तयारी र आवश्यक कार्य गर्न विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बराललाई जिम्मा दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077