बारा । सिमरामा आज पनि कर्फ्यु लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले प्रदर्शनकारी जेनजी युवा र प्रहरीबीच झडप भएपछि १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
वीरगञ्ज पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्कापुलसम्म राजमार्गको दायाँ बायाँ ५ सय मिटर र सिमरा विमानस्थलको ५ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ ।
उनीहरूले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा आफूमाथि आक्रमण गर्ने एमाले नेताहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।
बुधबार प्रदर्शनका क्रममा एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताहरूले जेनजीका अगुवामाथि कुटपिट गरेका थिए।
उनीहरुको कारबाहीको माग राख्दै ले जेनजीले बिहीबार पनि प्रदर्शन गरेका हुन् ।
दर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ ।
जेनजी युवाहरूले सिमरा चोकमा प्रदर्शन गरेपछि त्रिभुवन राजपथको वीरगञ्ज पथलैया खण्डमा यातायात अवरुद्ध छ ।
यस्तै प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि विद्यालय, सिमरा बजारका पसल तथा व्यवसाय समेत बन्द गरिएका छन् ।