एजेन्सी । रूसले युक्रेनको पश्चिमी शहर तर्नोपिलमा ड्रोन र मिसाइलबाट भीषण हमला गरेको छ ।
बुधबार बिहान भएको हमलामा कम्तिमा २६ जनाको मृत्यु भएको छ, जसमा तीन जना बच्चा रहेका छन् ।
यस हमलामा दुईवटा आवासीय भवनहरूलाई निशाना बनाइएको युक्रेनी उद्धार अधिकारीहरू बताउँछन् ।
यो हमलामा ७३ जना घाइते भएका छन्, तीमध्ये १५ जना बच्चा छन् ।
यो हमला २०२२ मा युद्ध सुरु भएपछि पश्चिमी युक्रेनमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ ।