Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले आयोगमा दियो दल दर्ताको निवेदन

राष्ट्रियसभा निर्वाचनका लागि एमालेले आयोगमा दियो दल दर्ताको निवेदन

बुधवार , मंसिर ३, २०८२

काठमाडौं । आगामी माघ ११ गतेबाट हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

बुधबार आयोगको केन्द्रीय कार्यालय पुगेर एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको औपचारिक निवेदन बुझाएका हुन् ।

आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले मंसिर १ देखि ७ गतेसम्मको समय तय गरेको छ ।

प्रतिनिधिसभाको चुनाव फागुन २१ गतेका लागी तोकिएको छ भने फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ मा निर्वाचनको मिति तोकिएको छ ।

एमालेले प्रतिनिधिसभाको निर्वाचनका लागि भने दल दर्ताको निवेदन दिएको छैन ।

उसले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077