Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेन्डा ?

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेन्डा ?

बुधवार , मंसिर ३, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । ।

त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।

वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिने नेताहरूले बताएका छन् ।

राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूची रहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077