Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालाले भने - मंसिर वा पुसभित्रै महाधिवेशन गरौँ, नभए विशेष महाधिवेशन आवश्यक

शेखर कोइरालाले भने - मंसिर वा पुसभित्रै महाधिवेशन गरौँ, नभए विशेष महाधिवेशन आवश्यक

मंगलवार , मंसिर २, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र चलिरहेको महाधिवेशन विषयमा स्पष्ट धारणा राखेका छन् ।

बालुवाटारस्थित सम्पर्क कार्यालयमा मंगलबार युवाहरूसँगको छलफलमा उनले २०८२ मंसिर वा पुसभित्रै महाधिवेशन गर्नुपर्ने बताएका हुन् ।

कोइरालाले अहिले पार्टीभित्र ‘नियमित महाधिवेशन’ को परिभाषा नै विभिन्न तरिकाले व्याख्या हुन थालेको उल्लेख गर्दै भने, 'मंसिरमा नभए पुसभित्रै महाधिवेशन गरौँ ।'

उनका अनुसार यदि पुस मसान्तसम्म १५औँ महाधिवेशन हुन सकेन भने पार्टीले ‘विशेष महाधिवेशन’ मा जाने तयारी गर्नुपर्ने अवस्था छ ।

यसका लागि अहिले ५४ प्रतिशत प्रतिनिधिले बुझाएको हस्ताक्षरलाई सनाखत गराएर विवाद बढाउनेभन्दा केन्द्रीय समितिबाट नै सर्वसम्मत निर्णय गरेर विशेष महाधिवेशनमा जानु उत्तम हुने उनको भनाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077