Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विघटित संसदीय दलको बैठक आज च्यासलमा

विघटित संसदीय दलको बैठक आज च्यासलमा

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक’ भन्दै आएको नेकपा एमाले विघटित प्रतिनिधिसभा सदस्यहरूको संसदीय दल बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ ।

सरकारले फागुन २१ गतेका लागि नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेसँगै राजनीतिक वृतमा प्रस्ट विभाजन देखिएको छ । एमाले विघटनको निर्णय नै संविधानविरुद्ध भएकाले सर्वप्रथम संसद पुनर्स्थापना हुनुपर्नेमा अडिग छ।

आजको संसदीय दल बैठकमा पछिल्ला राजनीतिक गतिविधि, निर्वाचन तयारी, पार्टीको रणनीति र संसद विघटनविरुद्धको कानुनी तथा राजनीतिक दबाबबारे विस्तृत चर्चा हुने बुझिएको छ।

एमाले नेतृत्वले विघटनलाई कार्यकारीको मनोमानी र सांसदको अधिकारमाथि ठाडो आक्रमण ठहर गर्दै आएपछि आजको बैठकलाई ‘रणनीतिक’ मानिएको छ

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077