Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाहिरै राख्दा सुरक्षित हुन्छ भनेर साथीभाइलाई पैसा राख्न दिन्थेँ : प्रचण्ड

बाहिरै राख्दा सुरक्षित हुन्छ भनेर साथीभाइलाई पैसा राख्न दिन्थेँ : प्रचण्ड

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनमा आगजनी भएको आफ्नो घरमा पैसा नजलेको दावी गरेका छन् ।

आफूले घरमा खासै पैसा नै राख्ने नगरेको बताएका उनले साथीभाइलाई पैसा राख्न दिने गरेको खुलासा समेत गरे ।

हिमालयन टेलिभिजनको यक्ष प्रश्नमा अन्तरवार्ता दिँदै प्रचण्डले आफूले सुरक्षाका खातिर १०–५ लाख रुपैयाँ गरेर साथीभाइको घरमा राख्न दिने गरेको खुलासा गरेका हुन् ।

तपाईंले त्यति धेरै पैसा घरमा किन राख्नुभएको ? भन्ने प्रश्नमा प्रचण्डले भनेका छन्–‘कहाँ थियो पैसा ? कसले देखायो ? नहुने कुरा । अन्तको पैसा यसको भनेर एकथरिले फेक प्रचार गरेका हुन् । अरुको घरमा देखिएको पैसा प्रचण्डकोमा देखिएको भनेर प्रचार भयो । प्रचण्डकोमा देखिएको भनेको जम्मा एक लाख रुपैयाँ हो । पत्रकारले गएर, हेरेर सबै छानविन गर्दा देखिएको भनेको एक लाख हो । कुरा बुझ्नुभो त ।’

[insert page='377469' display='yopanipadhnuhos.php']

दुई ट्रक पैसा त अघिल्लो रात नै अन्तै लैजानुभयो भनेर एकजना पूर्वप्रहरी अधिकारीले भन्नुभएको छ नि ? भन्ने प्रश्नमा प्रचण्डले हाँस्दै भनेका छन्–‘थाहा पाएँ । त्यसको खण्डनमा पनि सचिवालयबाट विज्ञप्ति आइसकेको छ । सावित गर भनेर चुनौति दिइएको छ । त्यो १०० प्रतिशत झूटो थियो । ’

प्रचण्डले आफूले घरमा पैसा नराखेको तर, साथीभाइलाई भने राख्न दिएको स्वीकार गरेका छन् । आफ्नो घरमा राख्दा असुरक्षित हुने भन्दै उनले अरुकामै लगेर पैसा राखेको स्वीकारेका हुन् ।

अन्तर्वार्ताका क्रममा उनले भनेका छन्–‘मैले घरमा पैसा राख्दैनथेँ । साथीहरुकैमा राखिदिन्थेँ । अलिअलि गरेर, बरु १० लाख, ५ लाख, ४ लाख गरेर विभिन्न ठाउँमा राख्दा सुरक्षित पनि हुन्छ र सजिलो पनि हुन्छ भनेर । फेरि पार्टीभित्र के हो भनेर प्रश्न पनि उठ्दैन । विभिन्न ठाउँमा राखेको छ थाहा छ साथीहरुलाई पनि ।’

[insert page='373214' display='yopanipadhnuhos.php']

यद्यपी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा जेनजी आन्दोलनमा जलेको दाहाल निवासकाके खरानीमा नेपाली र विदेशी मुद्राको अवशेष फेला परेको पुष्टि भइसकेको छ ।

विभाग र सीआईबीको टोलीले खरानी संकलन गरी जाँच गर्न नेपाल प्रहरीको प्रयोगशालामा पठाएको थियो। त्यसको रिपोर्ट विभागलाई प्राप्त भइसकेको स्रोतको दावी छ । यद्यपी विभागले भने अझै उक्त रिपोर्ट सार्वजनिक गरेको छैन। उक्त रिपोर्टमा नेपाली र विदेशी मुद्राको अवशेष रहेको पाइएको स्रोतको दावी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077