Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले लयमा फर्कियो, जनतामा उत्साह छ : प्रदीप ज्ञवाली

एमाले लयमा फर्कियो, जनतामा उत्साह छ : प्रदीप ज्ञवाली

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको संगठनात्मक पंक्ति पुनः लयमा फर्किएको दाबी गरेका छन् ।

जनसंगठन समन्वय संयन्त्रको आयोजनामा काठमाडौंमा आयोजित बागमती प्रदेशका पदाधिकारी, उपत्यका विशेष समिति, जनसंगठन तथा सम्पर्क समन्वय समितिहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले अन्य राजनीतिक दलहरू दिशाहीनतामा फसेको समयमा एमाले मात्रै जनताकैबीच पुगेर वास्तविक जनभावना सुन्न सक्षम रहेको बताए ।

उपमहासचिव ज्ञवालीका अनुसार जनपरिचालन अभियानमार्फत वडा, पालिका र जिल्लास्तरमा आयोजित जनप्रदर्शन र सभाले एमालेलाई जनस्तरमा थप बलियो बनाएको छ । 'जनतामा एमालेप्रति देखिएको उत्साहले पार्टी संगठन अझ ऊर्जावान बनेको छ,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077