Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारको ‘प्रतिबद्धता’मा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको चासो

सरकारको ‘प्रतिबद्धता’मा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको चासो

बुधवार , बैशाख २, २०८३

काठमाडौं  । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ दस्ताबेजमा प्रयोग गरिएका कूटनीतिक शब्दावलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले परराष्ट्र सम्बन्धसँग जोडिएका केही शब्दहरू अपरिपक्व र नेपालको भूराजनीतिक मर्यादा अनुकूल नरहेको बताएका हुन्।

ज्ञवालीले विशेषगरी दस्ताबेजको बुँदा नम्बर १४ मा उल्लेख गरिएको ‘नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजमा रूपान्तरण गर्ने’ भन्ने वाक्यांशप्रति आपत्ति जनाएका छन्।

नेपालले आफ्नो भूराजनीतिक अवस्थालाई कहिल्यै ‘बफर स्टेट’का रूपमा व्याख्या नगरेको र छिमेकी राष्ट्रहरूले समेत यस्तो शब्द प्रयोग नगरेको उनले स्पष्ट पारे।

उनका अनुसार छिमेकी मुलुकहरूबीच दीर्घकालीन शत्रुता वा द्वन्द्वको अवस्था नरहेकाले यस्तो शब्द प्रयोग गर्नु कूटनीतिक रूपमा असान्दर्भिक देखिन्छ।

त्यसैगरी, ‘समनिकटता’ र ‘समदूरी’को अवधारणामाथि पनि उनले प्रश्न उठाएका छन्। कूटनीतिमा सम्बन्धहरू मुद्दा, सन्दर्भ र साझेदारीका आधारमा फरक–फरक हुने भएकाले सबै सम्बन्धलाई एउटै मापनमा राख्न नमिल्ने उनको तर्क छ।

पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रिय हितको रक्षा, स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित बाह्य सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

उनले अन्तर्राष्ट्रिय कूटनीतिमा प्रयोग हुने प्रत्येक शब्दको दीर्घकालीन अर्थ र प्रभाव हुने भएकाले सरकारी दस्ताबेजमा भाषिक प्रयोग गर्दा उच्च सावधानी अपनाउन सरकारलाई सुझाव दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077