Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनपीएलमा कुनै पनि अवाञ्छित घटना हुन नदिन गृहमन्त्री अर्यालको निर्देशन

एनपीएलमा कुनै पनि अवाञ्छित घटना हुन नदिन गृहमन्त्री अर्यालको निर्देशन

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर क्रिकेट लिग (एनपीएल)को सुरक्षा प्रबन्ध चुस्त राख्न निर्देशन दिएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसहित काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग गृहमन्त्री अर्यालले एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिँदै अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको सचिवालय अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवाञ्छित घटना हुन नदिन निर्देशन दिएका थिए ।

'पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकाले सोहीअनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु,' मन्त्री अर्यालले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077